
शर्त तथा बन्देजहरुः
- यो बिर्कोमा आधारित योजना ('कार्यक्रम') बिर्कोमा रातो घेरा भएको फिर्ता गर्न मिल्ने २५० मि.लि. ग्लास बोतलको पेप्सी, मिरिण्डा, सेभेन अप तथा माउन्टेन ड्यूमा आषाढ २, २०७० देखि श्रावण २२, २०७० सम्म
नेपालभर लागू हुनेछ ।
- उल्लेखित उत्पादनहरु यो योजना बिना पनि बजारमा उपलब्ध छन् । सहभागिता ऐच्छिक हुनेछ ।
- यो योजनामा सहभागी हुन उपभोक्ताहरुले सो उत्पादनहरु खरिद गरी बिर्कोभित्रको Unique Code 7722 मा SMS गर्नुपर्नेछ ।
- यो योजनामा नेपाल टेलिकम, एनसेल, युटीएल तथा स्मार्टसेल नेटवर्कबाट मात्र सहभागी हुन सकिनेछ । प्रति SMS शुल्क रु. २/– (सरकारी कर बाहेक) लाग्नेछ जुन उपभोक्ता आफैंले व्यहोर्नु पर्नेछ ।
- यो योजनामा वरुण विभरेज नेपाल प्रा. लि. ('आयोजक') का कामदारहरु, परीक्षकहरु, तिन्का आफन्तजनहरुका साथै एजेन्सीहरु/प्रतिनिधिहरु बाहेक १८ वर्षभन्दा माथिका नेपाली नागरिकहरुले मात्र सहभागी
हुन पाउनेछन् ।
- यो योजना अवधिभर उल्लेख गरिएका उत्पादनहरु खरिद गर्दा उपभोक्ताहरुले निम्न पुरस्कारहरु जित्न सक्नेछन्ः
(क)
रु. १,००,००० (प्रति दिन ने. रु. एक लाख, ५२ जनालाई)
(ख)
रु. २०,००,००० (ने. रु. २० लाख, एक जनालाई)
- विजेताहरुको चयन स्वचालित सफ्टवेयरको प्रयोग गरी गोला प्रथाद्वारा Unique Code
तरिकाबाट गरिनेछ ।
ग्लष्त्रगभ ऋयमभको परीक्षणपछि आयोजकको प्रतिनिधिले विजेतालाई फोन गर्नेछ । बम्पर पुरस्कार योजनाको
अन्त्यमा घोषणा गरिनेछ ।
- समूह ६ (क) मा भएको पुरस्कार randomizer सफ्टवेयरबाट साप्ताहिक रुपमा निकालिनेछ ।
- समूह ६ (ख) को पुरस्कार randomizer सफ्टवेयरबाट योजनाको अन्त्यमा घोषणा गरिनेछ ।
- समूह ६ (क) र ६ (ख) का विजेताहरुको नामावली प्रमुख राष्ट्रिय दैनिकहरुमा प्रकाशित गरिनेछ र उनीहरुको SMS प्राप्त भएको नम्बरमा व्यक्तिगत रुपमा फोन गरिनेछ ।
- उल्लेख गरिएको बाहेक अन्य कुनै नम्बरमा SMS गरे सो नम्बर पुरस्कारको लागि मान्य हुने छैन ।
- एउटा Unique Code एउटा पुरस्कारको लागि मात्र मान्य हुनेछ ।
- यदि विजयी बिर्को केरमेट गरिएको, कुच्चिएको, अस्पष्ट वा गैरकानूनी ढंगबाट प्राप्त गरेको पाइएमा त्यस्तो बिर्को पुरस्कारको लागि मान्य हुने छैन ।
- लेखा परीक्षणको प्रयोजनको निम्ति विजेताहरुले विजयी बिर्को कम्पनीको प्रतिनिधिलाई बुझाएर रसिद लिनुपर्नेछ । पुरस्कारको लागि परीक्षक वा आयोजकको प्रतिनिधिले बिर्को परीक्षण गर्नसक्नेछ ।
- परीक्षणको लागि बुझाइएको हरेक बिर्कोमा आयोजकको स्वामित्व हुनेछ ।
- प्राविधिक कारण वा आयोजकको दायराभन्दा बाहिर गएर आयोजकसम्म SMS मार्फत Code नआइपुगेमा यसको लागि आयोजक उत्तरदायी हुने छैन ।
- प्रत्येक विजेतालाई जीतको खबर गर्न आयोजकले २४ घण्टामा ५ पटकसम्म फोन गर्नेछ । यदि विजेता सम्पर्कमा नआए सो पुरस्कार वैकल्पिक विजेतालाई प्रदान गरिनेछ ।
- यदि सहजै बारम्बार Code पठाउन मिल्ने निषेधित माध्यम जस्तै भोटि· सफ्टवेयर वा अन्य कुनै यान्त्रिक वा विद्युतिय माध्यम प्रयोग गरेमा सो Codeहरु स्वतः अमान्य हुनेछ । यसो गरेको पाइएमा आयोजकले त्यस्ता उपभोक्तालाई कानूनी कदम चाल्न सक्नेछ ।
- आयोजक तथा लेखा परीक्षकको निर्णय नै अन्तिम तथा सबैलाई मान्य हुनेछ र कुनै किसिमको पत्राचारलाई मनन् गरिने छैन ।
- आयोजकले विजेताहरुको फोटो, आवाज तथा भिडियोहरु आफ्नो चाहना अनुसार पत्र–पत्रिका, विज्ञापन तथा प्रचार–प्रसारमा विजेताको स्विकृती बिना पनि प्रयोग गर्न पाउनेछ ।
- पुरस्कार लिँदा लाग्ने आकस्मिक खर्च जस्तै कर र लेवी विजेता आफैंले व्यहोर्नु पर्नेछ ।
- यो योजनालाई बदल्ने, यसको अवधि हेरफेर गर्ने र योजना खारेज गर्ने लगायतका सम्पूर्ण अधिकार आयोजकमा निहित रहने छ ।
- प्रेस विज्ञापन÷पोस्टर÷टिभि विज्ञापन आदिमा देखाइएका पुरस्कार सांकेतिक मात्र हुन् जुन वास्तविक पुरस्कारभन्दा फरक हुन सक्नेछन् भने आयोजकले देखाइएका उत्पादनहरुलाई समर्थन वा प्रवर्धन गरेको होइन ।
- योजनाको कारणले केही हानी, नोक्सानी भएमा, चोट लागेमा वा अन्य केही अप्रिय घटना उत्पन्न भएमा आयोजक दोषी हुने छैन । कुनै प्राकृतिक कारण, सरकारी कारवाही, नियम वा अन्य केही घटना भएमा आयोजक दोषी हुने छैन र सोको क्षतिपूर्ति आयोजकले व्यर्हाेनु पर्ने छैन ।
- कुनै अकल्पनीय घटनाको कारणले पनि यो योजनामा फेरबदल आउन सक्नेछ ।
« Back to Home Page